काठमाडौं- पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४६४ पुगेको छ। यो अवधिमा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा संक्रमणमुक्त हुने दर ८७.८ प्रतिशत रहेको छ। हिजो देशभर २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ९९३ जना संक्रमणमुक्त भएका थिए। यस्तै, ४६ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया