+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा बाढीको बितण्डा : १७ घरपरिवार विस्थापित, दुई सडकखण्ड अबरुद्ध

4KNationalDaily
२०७८ असार २, बुधबार १६:२० बजे

गोरखा– आइबार रातीदेखि परेको अबिरल बर्षापछि आएको बाढी र पहिरोले बिभिन्न ठाउँमा क्षति पुर्याएको छ ।

बर्षापछि आएको बाढीले आरुघाट गाउँपालिकाको वडा नम्बर २ कटुञ्जेमा ठोट्नेरीखोलाले बगाउँदा बर्दिया घर भई मजदुरी गरी बस्ने ३८ बर्षका गोविन्द चौधरी बेपत्ता भएका प्रहरीले जनाएको छ ।

त्यस्तै बर्षा पछि बुढीगण्डकी नदीमा आएको बाढी गाउँमा पस्दा चुमनुब्री गाउँपालिका ३ सल्लेरीको चार घर बगाएको छ भने ७ घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । उता चुमनुव्री गाउँपालिकाको घट्टेखोला माथिको काठेपुल बगाउँदा चुमनुब्री प्रवेश गर्ने बाटो नै अबरुद्ध भएको छ ।

त्यसैगरी लगातारको बर्षापछिको माछाखोलामा आएको बाढीले धार्चे गाउँपालिका ५ माछाखोला बजार जोखिममा पारेको छ । भीमसेन थापा गाउँपालिका ४ धावाकी पम्फा परियारको घर बर्षाका कारण भत्किएको छ ।

दुई सडकखण्ड अबरुद्ध

लगातार तीन दिनदेखि परेको वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाको दुई सडकखण्ड अबरुद्ध भएका छन्। मझुवादेखि मनकामना जाने सडक र बाह्रकिलोदेखि बारपाक जाने सडक पहिरोका कारण अवरुद्ध भएको गोरखा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मझुवादेखि मनकामना सडक खण्ड अन्तरगत शहिद लखन गाउँपालिका वडा नं ३ को नयाँपुलमा मंगलबार बेलुकी करिब ५ बजे खसेको पहिरोका कारण १० मिटर सडक अवरुद्ध भएको छ। त्यहाँको सडक तत्काल सन्चालमा ल्याउनका लागि नयाँ ट्रयाक खोल्नुपर्ने देखिएको डिएसपी प्रकाश दाहालले बताए।

बाह्रकिलोदेखि बारपाक सडक अन्तरगत बारपाक सुलिकोट गाउँपालिका ४ झोलुङेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सो ठाउँमा करीब ९० मिटर सडक बगाएकोले नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था देखिएको डीएसपी दाहालले बताए।

दरौँदीले जेसिबी बगायो

दरौँदी नदीमा आएको बाढीले ग १ क ४१९३ नमबरको (जेसिभी) ब्याकुलोडर बगाएको छ । मध्येपहाडी लोकमार्गको नयाँ साँघु खण्डमा ग्राबेल उठाउन प्रयोग गरिएको जेसिभी गएराती बगाएको हो । ब्याकुलोडर बाढीले बगाएर तीन सय मिटर तल पु¥याएको सवारी धनी ताराबहादुर खड्काले बताए । खोलाले धार परिर्वतन गर्दा मेसिन बगाएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily