काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
भट्टराई उनलाई भेट्न वुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए। यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाललाई भेट्न उनको निवास पुगेका थिए।
विपक्षी पाँच दलबीच चुनावसम्मकै लागि गठबन्धन बनाएर जाने सहमति भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव अघि बढाइरहेका छन्। यति नै बेला विपक्षी गठबन्धनका नेताहरुले नेता नेपालसँगको भेटवार्ता बढेको हो।
एमालेमा एकताको प्रयास अघि बढिरहेका बेला माधव नेपाल विपक्षी गठबन्धन र आफ्नै समूहको दबाबमा छन् । यसैबीच झलनाथ खनालले पार्टी एकताका पक्षमा वक्तव्य निकालेर उपचारका लागि दिल्ली गए लगत्तै नेपाललाई भेट्न बाबुराम कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रतिक्रिया