+
Search

ताजा अपडेट +

पपुलर +

ओली सरकारमा सहभागी जसपाका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय

4KNationalDaily
२०७८ असार ३, बिहीबार १८:१० बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्य उपस्थित बैठकले उनीहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

जसपाले यसअघि उनीहरुलाई ७ दिने स्पष्टीकरण सोधेको थियो। पार्टीबाट निकालिनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरत्‌सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकवाल मियाँ छन्।

यस्तै, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ पनि जसपाबाट निकालिएका छन्।

यसअघि नै जसपाको बाबुराम-उपेन्द्र पक्षले ओली सरकारका पक्षमा उभिनेहरुलाई निष्काशन गर्ने निर्णय गरिसकेको भए पनि ९ जना मन्त्रीलाई ७ दिने स्पष्टीकरणको मौका दिएको थियो।

यसअघि बाबुराम-उपेन्द्र पक्षले स्पष्टीकरणको जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्काशन गरिसकेको छ।

जसपाको कार्यकारिणी समितिमा बाबुराम-उपेन्द्र पक्षको बहुमत छ। ५१ सदस्यीय कार्यकारिणी समितिमा बिहीबारको बैठकमा ३० जना उपस्थित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily