+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोटको नीति तथा कार्यक्रम : स्वास्थ्य र कृषिलाई प्राथमिकता

4KNationalDaily
२०७८ असार ५, शनिबार २०:५५ बजे

गाेरखा- अजिरकोट गाउँपालिकाले शनिबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाकाे नवाैं सभामा गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम साैवजनिक गरेका हुन् ।

कोभिड १९ को संक्रमणले विश्वभर पारेको प्रभावबाट प्रभावितलाई लक्षित गरि नीति तथा कार्यक्रम ल्याएकाे हाे ।  गाउँपालिका र वडा कार्यलयबाट हुने सेवा प्रवाह गर्दा दुरी कायम गर्ने, सुरक्षाका उपायमा ध्यान दिन सेवाग्राहीलाई अनुरोध गर्ने, कोरोनाबाट मानसिक असर पुगेकाहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, पालिका भित्रका स्वास्थ्य चौकीको गुणस्तरवृद्धि गर्ने नीति लिएको छ ।

आर्थिक बिकास तर्फ अजिरकोट कृषि प्रर्वद्धन वर्षको रुपमा आउँदो वर्षलाई अघि बढाईने बताइएको छ । एक वडा एक कृषि बस्तु, एक घर एक करेसाबारी, रैथाने बाली जोगाउन बिउ बैंक, बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन, अध्यक्ष साना किसान कार्यक्रम जस्ता विषय नीति तथा कार्यक्रममा गाउँपालिकाले सार्वजनीक गरेको छ ।

अजिरकोट-नागेपोखरी-निम्चेपोखरी-अजिरकोट दौड प्रतियोगिता संचालन, होमस्टेको प्रर्वद्धन लगायतका पक्ष समेटिएका छन् । शैक्षिक सुधारका लागि ‘गाउँपालिका अध्यक्षसँग साक्षत्कार कार्यक्रम’ अजिरकोट जेहेन्दार छात्रावृत्ती कार्यक्रम, छोरी भए पुगिसरी कार्यक्रम अन्र्तगत दुई छोरी भएर स्थायी बन्ध्याकरण गरेमा दुबै छोरीलाई कक्षा १२ सम्म निशुल्क शिक्षा दिने घोषणा गाउँपालिकाले गरेको छ ।

अजिरकोट सांस्कृतीक संग्राहालय निर्माण, उज्यालो अजिरकोट कार्यक्रम, विद्यालय, वडा स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँदै लैजाने योजना बनाइएको छ । इभिजेल परियोजना, गाउँपालिकाको गतिविधी समेटिएको त्रैमासिक ‘अजिरकोट आवाज’ प्रकाशन जस्ता कार्यक्रमलाई गाउँपालिकाले समेटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily