+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश : अर्थ मन्त्रालय नपाए समर्थन फिर्ता लिने जसपाकाे चेतावनी, सबै सांसद मन्त्रीका आकांक्षी

4KNationalDaily
२०७८ असार ६, आईतवार १०:३८ बजे

पाेखरा– गण्डकी प्रदेशमा सरकार बनाउँदाको गठबन्धनमा दरार आएको छ। नेपाली कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ताको लिने चेतवानी दिएकाे छ ।

कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेल र जसपाका हरिशरण आचार्यवीच भएकाे ४ बुदे सहमति पत्र कांग्रेसले पालना नगरेकाे भन्दै जसपाले समर्थन फिर्ता लिने चेतवानी दिएकाे हाे । २ सभासद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने सहती गरेको थियो।

जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि शनिवार बसेको बैठक निस्कर्षविहीन बनेको छ।

गण्डकीमा ११ वटा मन्त्रालयमध्ये कांग्रेस र माओवादी केन्द्रले ४/४ जसपा २ र एउटा मन्त्रालय मनाङेलाई दिने सहमति छ। २ सिट भएको र गठबन्धनलाई सघाएको जनमोर्चाले भने सरकारमा नजाने घोषणा गरिसकेको छ।

मुख्यमन्त्री असहमतिकै बीच आज काठमाडौ हिंड्दै छ्न्। केन्द्रीय तहमा कुरा गरेर भागबण्डा टुंगोमा पुर्‍याउने सोच उनले बनाएका छन्।

कांग्रेसमै कसलाई मन्त्री बनाउने भन्नेमा पनि सहमती जुटिसकेको छैन। माओवादी केन्द्रका सबै सभासद मन्त्रीका आकांक्षी देखिएका छन्। माओवादीमा पनि केन्द्रकै निर्णयले मन्त्री टुंगो लाग्ने अवस्था सिर्जना भएको छ।

के छ सहमति पत्रमा

पहिलाे बुँदामा प्रदेश सभामा दलीय मान्यता पाउनका लागि बनाइएकाे थ्रेसहाेल्ड हटाउने कुरा उल्खेछ ।

दाेश्राे बुँदामा सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने कुरा छ । उक्त संयन्त्रमा गठबन्धनका सबै दलबाट २–२ जना सदस्य रहने र यसैकाे निर्देशनमा व्यवस्थित रुपमा सरकार सञ्चालन गर्ने कुरा छ ।

तेश्राे बुँदामा सत्ता सहकार्यकाे कुरा छ । गण्डकी प्रदेश सभामा २ सदस्यमात्र रहेकाे जसपाकाे दुवै जनालाई मन्त्री बनाउने गरी मुख्यमन्त्री पाेखरेल र जसपाका संसदीय दलका नेता आचार्यले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यसमा पनि अर्थ मन्त्रालय सहित २ वटा मन्त्रालय दिने स्पष्ट उल्लेख गरिएकाे छ ।

चाैथाे बुँदमा प्रदेश सरकारबाट हुने राजनैतिक नियुक्तिमा पनि भागबण्डा गरेरै गर्ने सहमति कायम गरिएकाे छ । याे बुँदमा गठबन्धनकाे भावनालाई सम्बाेधन हुने गरी राजनैतिक नियुक्ति गरिने सम्झाैता गरिएकाे छ । यही सम्झाैता भएपछि जसपाले मुख्यमन्त्री पाेखरेललाई विश्वासकाे मत दिएकाे छ ।

सबै सांसद मन्त्रीका आकांक्षी

कांग्रेस सांसद कुमार खड्का, माओवादी सांसद मधुमाया अधिकारी गुरूङ, जसपा सांसद आचार्य र स्वतन्त्र सांसद गुरूङले मन्त्री बनिसकेका छन् । कांग्रेसका बाँकी १३ जना सांसदले मन्त्री बन्न केन्द्रीय नेतासँग निरन्तर सम्पर्क गरिरहेका छन् ।

माओवादीका ११ सांसदमध्ये एक जना मन्त्री भइसकेपछि अब १० जना नै मन्त्रीका आकांक्षी छन् । ‘को–को जाने भन्ने निर्णय दलको बैठकमा छलफल हुन्छ । एकरदुई दिन लाग्छ,’ एक सांसदले भने, ‘एक जना मन्त्री भइसक्नु भएको छ । अरु सबै आकांक्षी छौँ ।’

कांग्रेसका १५, माओवादीका ११, जसपा र राष्ट्रिय जनमोर्चाका दुईरदुई, एक स्वतन्त्र सांसद एकजुट भएपछि कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा गठबन्धन सरकार बनेको हो । जनमोर्चा मन्त्रिमण्डलमा सहभागी नहुने पक्षमा छ ।

मन्त्रिमण्डलमा जिल्ला पनि मिलाउने पक्षमा मुख्यमन्त्री पोखरेल छन् । त्यस्तो भएमा स्याङ्जाका सांसदद्वय मेखलाल र भागवतप्रकाशमध्ये एक जनामात्रै क्याबिनेटमा जाने छन् । भागवत प्रत्यक्ष निर्वाचित हुन् भने मेखलाल समानुपातिक सांसद हुन् । दवाडी गोरखाबाट प्रत्यक्ष निर्वाचित हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily