काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र गण्डकी प्रदेश सरकारका मन्त्री राजिव गुरुङ (दिपक मनाङे) बीच फेरि भेटवार्ता भएको छ ।
सोमबार साँझ भट्टराई र मन्त्री गुरुङबीच गण्डकी प्रदेशको राजनितीक घटनाक्रम र बाढीपिडितको उद्धार र राहत वितरणको सन्दर्भमा छलफल भएको हाे ।
प्रदेशका बिभिन्न जिल्लाहरुमा बाढिपहिरो पिडितहरुको उद्धार र राहत ब्यबस्थापनको बिषयमा र प्रदेश सरकार परिवर्तन भईसकेपछि सरकार सञ्चालनका बिषयमा उठेका प्रश्न, चुनौतीसँगै समग्र प्रदेशको बिकास र सम्बृद्धिका लागि चाल्नुपर्ने कदमहरुका बिषयमा छलफल भएको सांसद धनमाया लामाले जानकारी दिइन ।
गण्डकीमा नयाँ सरकार गठनका लागि निर्णायक बनेका मन्त्री गुरुङले यसअघि पनि पुर्वप्रधानमन्त्री भट्टराईलाई भेटेपछि गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमाेर्चा)लाई साथ दिने निर्णय गरेका थिए । उनले भट्टराईलाई भेटेपछि आफू संलग्न सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बालाई विश्वासको मत नदिएका कारण गण्डकीमा कांग्रेस नेतृत्वको नयाँ सरकार गठन भएको हो ।
मनाङेले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखिएकाे बताएका छन् भने जसपाले अर्थसहित २ मन्त्रालय दिने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल र मन्त्री हरिशरण आचार्यवीच सहमति भएकाे छ । मन्त्री आचार्य कांग्रेस सहमतिबाट भाग्न खाेजेकाे आराेप लगाएका छन् ।
२ सांसद रहेकाे जसपाका नेताहरूमा आन्तरिक लडाँड जारी रहेकाे समयमा गुन्डागन्डी क्षेत्रबाट आएका मनाङे कांग्रेसले जसपालाई धोखा दिन नहुने तर्क गरेका छन् । मनाङे भने कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष प्रचण्ड र जसपका भट्टराईलाई भेटेर राजनीतिक छलफल गर्न थालेका छन् ।
प्रदेशमा मुख्यमन्त्री सहित ४ जनाले मन्त्रीकाे सपथ खाइसकेपछि मन्त्रालय भागबन्डा लगाउन नसकेका मुख्यमन्त्री भने काठमाडाैं आउने याेजना थियाे । तर उनी काठमाडाैं आएन ।
मनाङे भने मनाङका विभिन्न क्षेत्रमा बाढिपहिराेबाट प्रभावितलाई उद्दार तथा राहातकाे निउमा काठमाडाैं आएका हुन् । उनले सरकारले कहिले पूर्णता पाउछ भन्ने प्रश्नमा एक अनलाइमा अन्तर्वाता दिदैं भनेका छन् -‘म नगएर पूर्णता पाउन रोकिएको हो । म जाने वित्तिकै पूर्णता पाइहाल्छ ।’
प्रतिक्रिया