+
Search

ताजा अपडेट +

पपुलर +

वामदेवलाई ओलीको स्वागत : तपाईं अब आउने-जाने होइन सधैँ आइरहनुपर्छ

4KNationalDaily
२०७८ असार १८, शुक्रबार १७:५९ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई पार्टी बैठकमा आएकोमा स्वागत गर्दै अब निरन्तर आइरहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी भएपछि ओलीले खुसी व्यक्त गरे । नेकपा विभाजन र एमाले पुनःस्थापनापछि पार्टी बैठकमा वामदेव पहिलोपटक सहभागी भएका हुन् ।

बैठकमा गौतमलाई स्वागत गर्दै ओलीले भने, ‘कमरेड वामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनुभएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु । वामदेवजीलाई पनि आउने-जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily