+
Search

ताजा अपडेट +

पपुलर +

युक्रेनमाथि प्रभावशाली जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनलमा

4KNationalDaily
२०७८ असार २०, आईतवार ०९:३२ बजे

काठमाडाैं- युक्रेनलाई ४-० गोलअन्तरले पराजित गरी इंग्ल्याण्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोममा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले शानदार प्रदर्शन गरेको थियो । फाइनल प्रवेशका लागि उसले घरेलु मैदान वेम्बलीमा डेनमार्कसँग खेल्ने तय भएको छ ।

इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको हो । गएराति नै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले हराएर डेनमार्क २९ वर्षपछि युरोको सेमिफाइनलमा पुगेको थियो ।

ग्यारेथ साउथगेट प्रशिक्षित इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो । प्रतियोगिताको एकपछि अर्को खेलमा इंग्लिस टोली सन्तुलित र प्रभावशाली बन्दै आएको छ ।

समूह चरणमा गोल गर्न नसकेका ह्यारी केन खेल आफ्नो लयमा फर्किएका छन् । जर्मनीविरुद्ध पहिलो गोल गरेका उनले खेल सुरु भएको चार मिनेटमै रहिम स्टर्लिङसँगको सुन्दर तालमेलमा गोलको खाता खोलेका हुन् ।

त्यसपछि युक्रेनले खेलमा आफ्नो पकड फिर्ता ल्याउनै सकेन । सन् २०१८ को विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्याण्ड लगातार ठूला प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ ।

इंग्ल्याण्डको जित निश्चित गर्न केनले अर्को गोल थपे भने ह्यारी मगायरले सानदार हेडर गोल गर्दा लुक श ले फ्रिकिकमार्फत गोल गरेका हुन् ।इंग्ल्याण्ड र डेनमार्कबीचको सेमिफाइनल खेल बुधबार वेम्बलीमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily