+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड स्वघोषित नेता हुन् : टोपबहादुर रायमाझी

4KNationalDaily
२०७८ असार २६, शनिबार १६:५१ बजे

काठमाडौं– नेकपा (एमाले)का नेता  टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन्।

सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र छोडेर एमाले अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण माओवादी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले २०६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गरे। उनले विगत ३३ वर्षदेखि बिना बिचार तथा विधि र प्रक्रियाबिना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए।

‘गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कतिऔं पार्टी हुन्थ्यो? त्यो कसको कारणले भयो? जुन पार्टीको नेता ३३ वर्षसम्म कुनै विचार, कुनै विधिबिना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ’, रायमाझीले भने, ‘अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो। त्यसकारणले पार्टी कमजोर हुँदै गयो।’

माओवादीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरु संघर्ष गरिरहेको उनको भनाइ छ। नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकूल भएको रायमाझीको दाबी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily