+
Search

ताजा अपडेट +

पपुलर +

माधब नेपालले भने : अदालतको फैसलालाई प्रभावित गर्ने काम र हस्ताक्षर फिर्ता गरिन्न

4KNationalDaily
२०७८ असार २६, शनिबार १९:०७ बजे

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले सर्वाेच्च अदालतको फैसलालाई प्रभावित पार्नेगरी कुनै काम गर्न नहुने बताएका छन्।

पार्टी एकीकरणका लागि छलफल गरिरहेका आफूनिकट कार्यदलका सदस्यहरुसँग कोटेश्वरमा भेटेपछि नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नहुने बताए।

‘अहिले हाम्रो दुईवटा बटमलाईन हो,’ नेता नेपालले भने,‘सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने कुनै काम गर्नुहुँदैन, सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन।’

गत सोमबारदेखि लगातार छलफल गरेर सहमतिको सन्निकट पुग्यौं भनेका कार्यदलका सदस्यहरु सहमतिको मस्यौदा देखाउन नेता नेपालसमक्ष गएका थिए। नेपाललाई भेट्नुअघि कार्यदल सदस्यहरुले आ-आफ्नो समूहमा छलफल गरेका थिए।

उनीहरु नेपाललाई भेटेर फर्किएपछि अहिले अर्थमन्त्रालय सिंहदरबार कार्यदलको बैठक बसिरहेको छ। यसअघि शनिबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नेपालसंग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनमा रहेको नेपाल समूह शक्ति सन्तुलनमा निर्णायक अवस्थामा छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily