काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानलाई ट्याकमा ल्याएर प्रतिनिधि सभाबाट स्थिर सरकार दिएर प्रतिगमनकारीलाई दण्डित गर्नुपर्ने बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको फैसला आएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत् भट्टराईले न्यायलयलाई धन्यवादसमेत दिएका छन्।
‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाई/धन्यवाद!,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ छैन। संविधानलाई ट्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थिर सरकार दिऊँ, प्रतिगमनकारीलाई दण्डित गरौं !’
प्रतिक्रिया