+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्रीसहितकाे टाेलीले उत्तरी गोरखामा खाेप नलगेपछि हेलिकप्टरबाट लगियो

4KNationalDaily
२०७८ श्रावण २, शनिबार २०:५० बजे

काठमाडाैँ- उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पु¥याएको छ । मौसम खराबीका कारण यसअघि नै पु¥याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पु¥याइएको हाे ।

जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको हाे।

हेलिकप्टरले ल्हो, गप, सिर्दिवास र चुम्लिङमा खोप पुर्‍याएको छ । सामागाउँ लाने भनिएपनि मौसमका कारण जान नसकिएको र उक्त खोप ल्हो मै छाडिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो क्षेत्रबाट स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहयोगमा सम्बन्धित वडामा खोप लगिने छ । चुमनुव्रीमा कुल ७ वडा छन् । प्रत्येक वडामा केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने कार्यालयले जनाएकाे छ ।

‘सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत खोप पु¥याएको हो’, स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीलेले भने, ‘शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।’

भेरोसिल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पु¥याएको हाे । चुमन्रवी पु¥याइएको खोप गाउँपालिका भित्रका १८ वर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने छ ।

केहीले यसअघि नै खोप लगाइ सकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएको छ । शुक्रबार खोपसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली हेलिकप्टरमा उत्तरी गोरखा पुगेको खबर बाहिरिएपनि उक्त टोलीले खोप लगेको थिएन ।

खोप लाने भन्दै पोखराबाट उडेका उनीहरुले मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री मात्र लगेका थिए । तर खोप भने गोरखामा स्वास्थ्य कार्यालयमै थन्किएएको थियो । उक्त टोलीमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी थिए । खोप लानुको सट्टा उनीहरु हेलिकप्टरमा सयर गरेर मात्र फर्किएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily