+
Search

ताजा अपडेट +

पपुलर +

महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई बधाई दिँदै भने- हामी विश्वासकाे मत दिन्छौं

4KNationalDaily
२०७८ श्रावण ३, आईतवार १९:५५ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देउवा सरकारलाई विश्वासको मत दिने जनाएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री देउवालाई हार्दिक बधाइ दिन चाहन्छु र मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नु भएको छ, त्यसको समर्थनमा मत दिन्छौं ।’

उनले अहिले देशमा देखिएको संकट संविधानकै कारण आएको दावीसमेत गरे । संविधानको कुनै पनि धारा कार्यान्वयनमा जाँदा त्यहाँ व्यवधान र अवरोध देखिने गरेको भन्दै उनले संविधान संशोधन हुनुपर्ने आफ्नो माग कायम रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily