+
Search

ताजा अपडेट +

पपुलर +

सफल नायिका बन्ने दौडमा रहेकी नव मोडल इभाको लोभलाग्दो लुक्स….

4KNationalDaily
२०७८ श्रावण ४, सोमबार १७:३४ बजे

गाेरखा- गित संगीत र अभिनयमा असाध्य रुचि राख्नेमा एक हुन् इभा परियार । उमेरले भर्खरै २०औं बसन्तमा हिड्दै गरेकी इभा सानैदेखि मोडलिङ्गमा अभिरुचि रहेको र प्राय मोडलिङ्ग वाक शोहरु आफ्नो रुचिमा भएकाले टिभीमा यहि हेर्दा हेर्दा आफुलाई अझै मोडलिङ्गमा बढि चाहाना भएको बताउछिन ।

उच्चशिक्षाकाे अध्ययन गरिरहेको सुन्दरी मोडल इभा भविष्यमा सफल नायिका बन्ने सपना रहेको सुनाउछिन । राम्रो नृत्य गर्ने इभा आफ्नो पढाइसंगै कलाकारितालाई पनि अगाडी बढाउने प्रयासमा छिन् । ‘परिवारले पढाइ नबिग्रने गरी मोडलिङमा लाग्न छुट दिनुभएको छ ।’ केही फेसन सो र ब्युटी पेजेन्टमा भाग लिएकी उनी अहिले फुर्सद हुँदा मोडलिङलाई समय दिन्छिन् ।

सुन्दर लुक्स मिलेको फिगर र लज्जालु स्वभावकी इभालाई नृत्य र मोडलिङ्गको अलवा कमेडीमा पनि आफुलाई चाहना रहेको जनाइन । मोडलिङ्ग र स्टेज कार्यक्रममा आफुलाई प्रस्तुत गरिसकेकी इभाले आफुलाई कस्ले म्युजिक भिडियो र फिल्ममा ब्रेक दिन्छ भन्ने पर्खाइको बिषय छ । उनै नव मोडल इभाको हालसालै पोर्टफोलियो फोटसुट गराएकी उनलाई विज्ञापन र म्युजिक भिडियोमा अभिनय गर्ने अफर पनि आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily