+
Search

ताजा अपडेट +

पपुलर +

जसपा कार्यकारिणी समितिमा उपेन्द्र समूह बलियो, कुन नेता कता ?

4KNationalDaily
२०७८ श्रावण ८, शुक्रबार ०९:४९ बजे

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) विभाजनका लागि निर्वाचन आयोगमा सुनुवाइ भइरहेका बेला दुवैतिरका नेताहरुको हिसाब हुन थालेको छ। अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीचको विवाद विभाजनतर्फ अघि बढेपछि निर्वाचन आयोगले इजलास गठन गरेर सुनुवाइ गरिरहेको छ।

केही दिनदेखि जारी सुनुवाइका क्रममा आयोगले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भएर जसपा बनेको समयमा हस्ताक्षर गरेका कार्यकारिणी सदस्यलाई बोलाएर विभाजनको टुंगो लगाउने भएको छ।

राजनीतिक दल विभाजनसम्बन्धी कानुनका आधारमा ठाकुर र यादवको बाटो अलग गर्न लागेको आयोगले कार्यकारिणी समिति सदस्यहरुको उपस्थितिका आधारमा निर्णय दिन लागेको हो।

यस्तोमा साउन ११ गते सबै ५१ जना कार्यकारिणी सदस्यहरुलाई नागरिकता या मतदान परिचयपत्र बोकेर आउन आयोगको इजलासले आदेश दिएको छ ।

जसपा विभाजनको टुंगो लगाउन आयोगले प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलास नै गठन गरेको छ। साउन ११ गते कार्यकारिणी सदस्यहरुको उपस्थितिका आधारमा आयोगले विभाजनको टुंगो लगाउने भएपछि जसपाभित्र अंकगणितीय खेल सुरु भएको छ।

यादव र ठाकुर पक्षबीच चुलिएको विवाद विभाजनको अवस्थामा पुग्दा एउटा पक्षलाई आधिकारिकता दिएर अर्को पक्षलाई नयाँ दल दर्ताका लागि आयोगले निर्णय दिनेछ। आयोगको इजलासले सम्भवत: साउन ११ गते फैसला सुनाउने छ।

यादव पक्षका कार्यकारिणी सदस्य

बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रकम चेम्जोङ, हेमराज राई, रेणु यादव, हिसिला यमी, युवराज कार्की, नवराज सुवेदी, पर्शुराम खापुङ, गंगा श्रेष्ठ, रामसहाय प्रसाद यादव, रणध्वज कन्दङवा, मोहम्मद इस्तियाक राई, डम्बर खतिवडा, दुर्गा स्वभ, परशुराम बस्नेत, प्रकाश अधिकारी, प्रशान्त सिंह, भक्तबहादुर शाह, शुसिला श्रेष्ठ, रामनरेश यादव, मृगेन्द्र सिंह यादव, गजाधर यादव, नवलकिशोर साह, रमेश यादव, लालबाबु राउत, विजय यादव छन्। यस्तै अमृता अग्रहरी र गोविन्द चौधरी पनि थपिएका छन्।

ठाकुर पक्षका कार्यकारिणी सदस्य

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, केशव झा, जितेन्द्र सोनल, निर्जला राउत, मनिष सुमन, चन्दा चौधरी, वृषेशचन्द्र लाल, उमाकान्त झा, राजकुमार लेखी, सुनिल रोहित, दानबहादुर विश्वकर्मा।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily