+
Search

ताजा अपडेट +

पपुलर +

ऊर्जामन्त्री भुसालले भनिन्- विद्युत महसुल महंगो भयो, सस्तो बनाउँछु

4KNationalDaily
२०७८ श्रावण ११, सोमबार १७:३४ बजे

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताएकी छन् ।

सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारी समेत दिइन् ।

मन्त्री भुसालले गरिवीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइनसकेको स्पष्ट पारिन् । ‘यो मेरो निर्णय नभई अवधारणा हो ।’ उनले भनिन्, ‘निर्णय गरेपछि यहाँहरुलाई फेरी बोलाउनेछु ।’

मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेकी छन् । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाई थियो ।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने बताइन्। त्यसैगरी उनले ट्रान्समिसन लाईन निर्माणको काममा तीव्रता दिने पनि बताइन् । मन्त्री भुसालले कृषि योग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily