काठमाडौं- मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गुरुङलाई गण्डकी र शेरचनलाई लुम्बिनी प्रदेश प्रमुख नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
गुरुङ र शेरचनलाई सिफारिस गर्नुअघि मन्त्रिपरिषद्ले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुखहरुलाई हटाउने निर्णय गरेको थियो।
प्रतिक्रिया