काठमाडौँ- नेकपा एमाले नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी टिप्पणी गरेका छन् । उनले भनेका छन् चाहे पार्टी फुटोस या गठबन्धन राष्ट्रियताको सवालमा कुनै सम्झौता हुदैन ।
‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् ।’
यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको रावलको भनाइ छ । सत्तारुढ गठबन्धनको बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुरले एमसीसी अगाडि बढाए आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।
प्रतिक्रिया