+
Search

ताजा अपडेट +

पपुलर +

तोकिएको समयमा कर नतिरे व्यवसाय सिल गर्ने महानगरको चेतावनी

4KNationalDaily
२०७८ श्रावण १४, बिहीबार ०७:५१ बजे

काठमाडौं- काठमाडौ‌ं महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ। यसअघि गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको कामपाले यस्तो चेतावनी दिएको हो। सूचनाअनुसार कर तिर्ने समय दुई दिनमात्र बाँकी छ।

समयमा नै कर तिर्नका लागि भन्दै कामपाले बुधबारदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङसमेत सुरु गरेको छ। पहिलो चरणमा महानगरले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्क मात्र सम्पर्कमा आएको कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले बताए।

कामपालाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन्।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौं प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily