काठमाडौं- कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।
डीसीसीएमसी बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । उक्त समितिले भोलिदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्ने भएको छ ।
अहिले जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । त्यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले सीसीएमसीसँग बैठक गर्दैछन् । सोमबार काठमाडौं उपत्यकामा ७७० जना संक्रमित थपिएका छन् भने सक्रिय संक्रमित संख्या ८ हजार ८९५ छ ।
प्रतिक्रिया