साउथ इन्डियन स्टार अल्लु अर्जुनको निकै प्रतिक्षित चलचित्र‘पुष्पा’ को रिलिज डेट सार्वजनिक भएको छ । अल्लु अर्जुनले सामाजिक सञ्जालमा पोस्ट गर्दै रिलिज डेट सार्वजनिक गरेका हुन्।
चलचित्रको पहिलो भाग क्रिसमसको अवसरमा रिलिज हुनेछ । चलचित्र हिन्दी भाषासहित पाँच भाषामा रिलिज हुने बताइएको छ । बक्स अफिसमा पुष्पाले अमिर खान अभिनित चलचित्र ‘लालसिंह चड्डा’सँग प्रतिस्पर्धा गर्नेछ ।
चलचित्रमा अल्लु अर्जुनबाहेक रश्मिका मंदाना, फहद फासिल, सुनिल, प्रकाश राज, दिपक शेट्टी लगायतका कलाकारको पनि अभिनय रहेको छ । सुकुमारले निर्देशन गरेकाे चलचित्र एक्सनले भरिपूर्ण रहेको छ । चलचित्रको दोस्रो भाग भने सन् २०२२ मा रिलिज हुनेछ । एजेन्सी
प्रतिक्रिया