+
Search

ताजा अपडेट +

पपुलर +

मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

4KNationalDaily
२०७८ श्रावण २५, सोमबार ०८:४४ बजे

न्यूयोर्क– मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । न्यूयोर्कमा आज बिहान भएको ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले क्राउन पहिरिएकी हुन् ।

फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए ।

कसले कुन विधामा जिते ?

मिस ट्यालेन्ट : रोशिका गजमेर

मिस कम्युनिटी आउटरिच : एलिना राई

मिस पपुलर : नग्मा गुरुङ्ग

मिस स्माइल : निमिका थापा

मिस बेस्ट ड्रेस : सेलिषा नेपाल

मिस पर्सोनालिटी : गरिमा ज्ञवाली

मिस डिसीप्लेन : सुप्रिता फुयाल

मिस क्याटवाक : दिना केसी

मिस पर्सोनालिटी : गरिमा ज्ञवाली

मिस राईजिगं स्टार : अलिशा गुरुङ्ग

मिस स्किन : चाँदनी लामा

मिस बेस्ट हेयर : मुना नेपाल

उत्कृष्ट शरीर : उर्जा केसी

उत्कृष्ट हेरिटेज : जेनी रावत

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily