+
Search

ताजा अपडेट +

पपुलर +

संक्रमण बढ्न थालेसँगै प्रहरीले पुनः सुरु गर्‍याे ‘तपाईंको मास्क खोइ?’ अभियान

4KNationalDaily
२०७८ श्रावण २५, सोमबार १०:१३ बजे

काठमाडौं– कोभिड–१९ संक्रमण पुनः बढेसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ?’ अभियानलाई तीव्रता दिएको छ। यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो।

सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो। सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारदेखि अभियान घोषणा गरेको थियो।

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमअन्तर्गत आइतबारमात्रै १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।

प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म पाँच लाख ३७ हजार ७४९ लाई मास्क वितरण गरिसकेको उनले जानकारी दिए।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ नारासहित अभियान थालेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily