+
Search

ताजा अपडेट +

पपुलर +

खेम सेञ्चुरी र पुजा क्षेत्रीकाे ‘मेरो माया जुग जाने खालको’ बजारमा

4KNationalDaily
२०७८ श्रावण २५, सोमबार ११:१९ बजे

काठमाडाैँ– गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट गीत के मा चित्त दुख्यो मयालैको अत्याधिक सफलता पछि चर्चित लोक तथा दोहोरी गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली ‘मेरो माया जुग जाने खालको’ लिएर आएकी छिन् ।

हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा बिक्रम बाबु बिश्वकर्माको शब्दमा चर्चित लोकदोहोरी गायक तथा सर्जक खेम सेञ्चुरी र गायिका क्षेत्रीको आवाजमा रहेको तीज गीत ‘मेरो माया जुग जाने खालको’ सार्वजनिक भएको हो ।

समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । शंकर बि.सीको निर्देशनमा बि.सी र करिश्मा ढकालको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा राजेश घिमिरेले छाँयाकन तथा नविन घर्ति मगरको सम्पादन रहेको छ ।

सुर्खेतमा जन्मिएकी क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले १६ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने २५ भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् ।

उनले लोकदोहोरी गायक राजु परियार सँग गाएकोे तीज गीत ‘के मा चित्त दुख्यो मयालै’ र मिलन लामा सँग गाएको तिम्रो माया, भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो ।

हरितालिका तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily