+
Search

ताजा अपडेट +

पपुलर +

११ बर्षिय बालिका आफ्नैबाट पटक-पटक बलात्कृत, पाठेघरमा समस्यापछि खुल्यो रहस्य

4KNationalDaily
२०७८ श्रावण २५, सोमबार १७:४५ बजे

गाेरखा- पालुङ्टार नगरपालिकाकी ११ बर्षिय एक बालिकाको गत बैशाखदेखि बिरामी हुन थालिन् । आमाले दोस्रो विवाह गरेर गईसकेकाले उनको उपचारका लागि फुुपुले स्थानीय स्वास्थ्य संस्थामा बारम्बार चेकजाँच गराईन् । गोरखा अस्पतालमा पनि उपचारका लागि ल्याईन् ।

तर, उपचारका लागि बिभिन्न स्वास्थ्य संस्थाहरु धाएको महिनौँ हुँदा पनि बालिकाको समस्या कम नभएपछि थप उपचारका लागि फुपुले काठमाडाैं थापाथली स्थित प्रसुती गृहमा लगिन् । त्यहाँ चिकित्सकहरुले नाबालिकाको पाठेघरमा समस्या देखिएको र अप्रेसन समेत गर्नुपर्छ भने ।

चिकित्सकहरुका अनुसार ११ बर्षिया बालिकाको पाठेघरमा समस्या देखिनु स्वभाविक कुरा हैन । फुपुले समस्याका बिषयमा सोधेपछि बालिकाले आफ्नै बुबाबाट लामो समयदेखि पटकपटक र काकाले पनि ०७७ साल कार्तिक महिनामा एक पटक फकाई फुलाई जबरजस्ती बलात्कार गरेको बताईन् ।

त्यसपछि फुपुले जिल्ला प्रहरी कार्यालय गोरखामा आफ्नै दुई भाईहरु बिरुद्ध छोरीलाई बलात्कार गरेको भन्दै जबरजस्ती करणी शिर्षकमा जाहेरी दरखास्त दिईन् । पिडित बालिकाकी फुपुले दिएको जाहेरीका आधारमा बाबु र काकालाई शुक्रबार पक्राउ गरेको गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

‘पक्राउ परेकाहरुलाई जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी गोरखा अदालतबाट हिरासतमा राखि अनुसन्धान गरिरहेका छौँ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily