+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य राज्यमन्त्रीको घोषणा : दैनिक दुई लाख जनालाई खोप, विद्यार्थी र निजी क्षेत्रलाई प्राथमिकता

4KNationalDaily
२०७८ श्रावण २८, बिहीबार १४:४२ बजे

काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको बताए।

सरकारले खोप आयात बढाएको उनको भनाइ छ। ५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको बताए। बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए।

‘फेरि कोभिडको संक्रमण बढेको छ’ उनले भने ‘अहिलेको दर २५ प्रतिशत हराहारी रहेको छ। म सबैलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्छु।’ कोभिडका कारण १० हजार १ सय ८० जनाको अमूल्य ज्यान गएको भन्दै उनले नि:शुल्क खोप अभियान चलाइएको बताए।

सरकारले अभियानको रुपमा दैनिक १ लाख देखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको छ। असोज मसान्त सम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम रहेको बताए।

उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनको भनाइ छ। धेरै संक्रमित रहेका १५/१६ जिल्लामा खोप पहिला दिइने उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily