काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।
सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।
निष्काशन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ३ लाख कित्ता तथा कर्मचारीलाई ३ लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हाे । निष्काशनको करिब ४.४८ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया