+
Search

ताजा अपडेट +

पपुलर +

महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन, राजेन्द्र महतो वरिष्ठ नेता

4KNationalDaily
२०७८ भाद्र २, बुधबार १८:१३ बजे

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए ।आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।

दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily