+
Search

ताजा अपडेट +

पपुलर +

एटीएमबाटै रकम जम्मा गर्न सकिने गरी नबिलले जारी गर्यो ‘नबिल क्यास मेसिन’, क्रेडिट कार्ड भुक्तानी पनि गर्न मिल्ने

4KNationalDaily
२०७८ भाद्र २, बुधबार २०:१५ बजे

काठमाडौं- नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ ।

आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यस ‘नबिल क्यास मेसिन’ ले ग्राहकहरुलाई एटीएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीन धारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।

अब ग्राहकहरुले मेसिनमा १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् ।

साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily