+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड र माधव नेपाललाई बाबुराम भट्टराईको आग्रह- चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल खोजौं

4KNationalDaily
२०७८ भाद्र ३, बिहीबार १४:०१ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् ।

बुधबार समाजवादी केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले-समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई तत्कालको चुनावी लोभ त्यागेर नयाँ मोडेलको समाजवादको विकासमा लाग्न आग्रह गरेका हुन्।

‘हामीले सबैले मेहनत गर्‍यौं भने उन्नत विचार खोज्न सकिन्छ,’ उनले भने, ‘हिजो कसैले माओवादी, कसैले एमाले भयौं । चुनावी मोहले गर्दा त्यो छोड्न हामीलाई गाह्रो भयो । तर, अब हामीले आँट गर्ने पर्छ । तत्काल चुनावी स्वार्थभन्दा नयाँ खालको समाजवादको मोडल विकास गर्नतिर लाग्नै पर्छ ।’

उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने पनि बताए । त्यसो गर्न सकिए नेपालले विश्वालाई नयाँ विचार दिन सक्ने डा. भट्टराईको भनाइ छ ।

‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौंला तर युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’ भट्टराईले भने ।

उनले भने, ‘एउटा बाघ बुढो भए पनि घाँस खाँदैन भनेझैं हामीले घाँस खान हुँदैन । घाँस नखाइकन हामीले हाम्रो ब्रह्मलाई केन्द्रमा ल्याएर सोच्यौं भने एउटा निकास दिन सक्छौं ।’

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily