+
Search

ताजा अपडेट +

पपुलर +

मलाई षड्यन्त्र पूर्वक चुनावमा हराउँनै नै केपी ओली हनुः बामदेव गौतम

4KNationalDaily
२०७८ भाद्र ७, सोमबार १५:३७ बजे

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमाले र माओवादी एकता गरेर आफूले राम्रो काम गरेको स्पष्ट पारेका छन् । र, यसमा आफूलाई गर्व लागेको पनि उनको टिप्पणी छ । एक टेलिभिजनमा अन्तर्वाता दिदैं उनले यस्तो बताएका हुन् ।

गौतमले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउने भनेर आमनिर्वाचनमा बर्दियाबाट चुनाव हराएको आरोप लगाए छन् ।

‘मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो, मैले बनाउनुहोस् भनेको थिइनँ,’ गौतमले भने, ‘मलाई चुनाव हराउने केपी ओली नै हुनुहुन्छ ।’ आफूले कहिले यस्तो बनाउनुहोस् नभनेको बताए । नवौं महाधिवेशनमा आफूले नभई अरुले राजनीतिक लेनदेनको सहमति गरेको बताए ।

‘केपीले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो तर मलाई थाहा थियो उहाँले धोका दिनुहुन्छ,’ बामदेवले भने । आफूले ओलीलाई अध्यक्षका लागि समर्थन पनि गरेको बताए । ओलीले एकपछि अर्को गल्ती गर्दै जाँदा अहिलेको अवस्था आएको बताए । उनले ओलीले पार्टी विभाजनको अवस्था ल्याएको उनको आरोप थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily