काठमाडाैं- आइतबार र सोमबार सार्वजनिक विदापछि मंगलबार खुलेको सेयरबजारमा ५६.०३ अंकको गिरावट आएको छ। नेप्से भारी अंकले घटे पनि कारोबार भने १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ। ठूलो गिरावटका बाबजुद नेप्से ३१२४.८७ विन्दुमा रोकिएको छ।
आजको कारोबारमा २ सय २५ कम्पनी सामेल भएका हुन्। यसअनुसार दुई करोड ५३ लाख कित्ताभन्दा बढी सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेका अनुसार मंगलबार एक लाख ५६ हजार ९ सय १३ पटक खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये फाइनान्स र निर्जीवन बीमाको कारोबार सूचक मात्रै हरियो छ। विकास बैंक र जलविद्युतको सूचक भारी अंकले झरेको छ। आज गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्।
आज २० वटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। मंगलबार ७५ करोडसम्मको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया