गाेरखा- नेपाल मार्सल आर्टस् हाप्किडो संघ गण्डकी प्रदेश कमिटीको कोषाध्यक्षबाट गाेरखाकी रेखा तामाङ (लोप्चन)ले राजीनामा दिएकि छन् । तामाङले बुधबार एक विज्ञप्ति जारी गरी आजैका मितिबाट कोषाध्यक्ष पद त्यागेको जनाएकी हुन् ।
नेपाल मार्सल आर्टस् हाप्किडो संघ गण्डकी प्रदेश कमिटीको कोषाध्यक्ष जस्तो गरिमामय पद पाउनु गौरवको कुरा हो, तर राजनीतिकरण बढी भएकोले आफूलाई सो पदमा बस्न अरुची भएको विज्ञप्तिमा भनिएको छ । उनले यस क्षेत्रमा बढ्दै गएको राजनीतिक चलखेल र पदीय दायित्व अनुसारको काम कारवाहीबाट बञ्चित गराएको समेत उल्लेख गरेकी छन् ।
विज्ञप्तिमा उनले कुनै पनि कार्यक्रम हुँदै गर्दा खबर नभएको र सीमित व्यक्तिहरुको निर्णयले आफूखुशी कार्यक्रम गरिएको घटनाक्रमहरुले यस पदमा रही रहन नैतिकताले नदिएपछि राजीनामा दिन उचित सम्झेको भनेकी छन् ।
प्रतिक्रिया