+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालसँग बाबुरामको प्रस्ताव : समाजवादको मोडलबारे वहस गरौँ

4KNationalDaily
२०७८ भाद्र १०, बिहीबार ०९:४१ बजे

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई नेताहरुको व्यवस्थापन र सत्तामा मात्रै चासो नराख्न सुझाब दिएका छन्।

एकीकृत समाजवादीले बुधबार निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत् अध्यक्ष नेपाललाई बधाइ दिँदै उनले यस्तो सुझाब दिएका हुन्। नेता भट्टराईले देशमा वैचारिक राजनीतिक विमर्शको सट्टा पार्टीहरु नेताहरुको व्यवस्थापनमा मात्रै लाग्न थालेको बताएका छन्।

‘एकीकृत समाजवादीले औपचारिक मान्यता प्राप्त गरेकोमा वधाइ!,’ नेता भट्टराईले माधव नेपालाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ‘देशमा वैचारिक-राजनीतिक विमर्श सट्टा पार्टीभित्र नेताहरूको व्यवस्थापन र सत्ताभागेदारी मात्र चासो र वहसको विषय बन्दै गरेको दु:खद सन्दर्भलाई चिर्दै देशका समस्या समाधान गर्ने नयॉ समाजवादको मोडेलवारे विमर्श होस्!’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily