+
Search

ताजा अपडेट +

पपुलर +

इंग्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै

4KNationalDaily
२०७८ भाद्र १२, शनिबार १२:४२ बजे

म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा आज ७ खेल आयोजना हुँदैछन । तेस्रो राउन्डअन्तर्गत शनिबार साँझ प्रिमियर लिगका ७ खेल हुन लागेका हुन् । तेस्रो चरणमा निकै प्रतिस्पर्धात्मक खेल रहेको छ ।

पहिलो खेलमा साबिक विजेता म्यान्चेस्टर सिटी र लण्डन क्लब आर्सनल प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार साझ सवा ५ बजे सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

आर्सनलविरुद्ध घरेलु टोली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । पहिलो खेलमा टोटनहमसँग पराजित सिटीले दोस्रो खेलमा नर्विचबिरुद्ध सानदार जित निकालेको थियो ।

यता, भ्रमण टोली आर्सनल सिटीविरुद्ध निकै दबाबमा हुनेछ । लगातार दुई खेलमा पराजित आर्सनल सिटीबिरुद्ध अंक गुमाउन चाहँदैन । पहिलो खेलमा नव प्रवेशी क्लब ब्रेन्टफोर्डसङ पराजित आर्सनल दोस्रो खेलमा छिमेकी चेल्सीसँग पराजित भएको थियो ।

राती पौने ८ बजे हुने प्रिमियर लिगको खेलमा एकैपटक ५ खेल हुनेछ । १० क्लबले आ-आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछन् ।

एस्टन भिल्लाले भिल्ला पार्कमा ब्रेन्टफोर्डसङ खेल्नेछ । ब्राइटनले आफ्नै कम्युनिटी मैदानमा एभर्टनलाई आतिथ्यता प्रदान गर्नेछ । घरेलु टोली न्युक्यासलले जेम्स पार्कमा साउथ ह्याम्पटनलाई निमन्त्रणा गर्नेछ । नर्विचले लेस्टर सिटी सङ भिड्दा वेस्ट हाम युनाइटेडले लण्डनमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

तेस्रो चरणको पहिलो दिनको अन्तिम खेलमा लिभरपुरले चेल्सीको सामना गर्नेछ । लिभरपुल घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समयअनुसार सवा १० बजे सुरु हुनेछ । खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । दुबै टोलीले यस अघिका आफ्ना दुई खेलमा शत प्रतिशत जित निकालेका छन् ।

दुबै टोलीलाई जित निकाल्दै शिर्ष स्थानमा पुग्ने मौकासमेत रहेको छ । एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily