काठमाडाैं- नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दार्चुलाका जयसिंह धामीको मृत्यु भारतीय एसएसबीले तुइन तार फुस्काइदिएका कारणले भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका सम्बन्धमा मैले लगत्तै राष्ट्रिय सभाको बैठकमा बोल्दै स्पष्टसँग भनेको थिएँ: भारतीय एसएसबीले तुइनको तार फुस्काइदिएको कारणले नै यो दुःखद घटना घटेको हो र एसएसबी नै यस निम्ति जिम्मेवार छ।’
श्रेष्ठले भारतले गल्ती स्विकार गर्दै नेपालसँग माफी माग्नुपर्ने षीलाई कारवाही गर्नुपर्ने र डीत परिवारलाई परिपुरण गर्नुपर्ने उनको माग छ। ‘अब यस प्रकारका घटना दोहोरिन नदिने प्रतिद्धता ब्यक्त गर्नुपर्छ।नेपाल सरकारले तत्काल वार्ता र कुटनीतिक पहलद्वारा भारतसँग यसको आपत्ति र बिरोध गर्दै उपरोक्त बिषयहरुमा भारतलाई सहमत गराउनुपर्छ,’ उनले लेखेका छन।
सरकारले बनाएको छानवीन टोलीले यससम्बन्धी प्रतिवेदन बुझाएको भन्दै उनले तत्काल सरकारले भारतीय सरकारसँग वार्ता गरी नेपालको राष्ट्रिय वाभिमान र नेपालीहरुको न्याय स्थापित गर्न माग गरेका छन्।
https://www.facebook.com/narayankaji.shrestha.33/posts/2994400360817499
प्रतिक्रिया