+
Search

ताजा अपडेट +

पपुलर +

पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

4KNationalDaily
२०७८ भाद्र २३, बुधबार ११:१२ बजे

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पनि नेकपा एमाले जस्तै ‘विचार शून्य’ हुने हो भने पार्टी नै विघटन गरिदिनुपर्ने कुरा दोहोर्याएका छन्।

सहिद सुरेश वाग्लेको २३औं स्मृति दिवसमा बुधबार बिहान बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका नेता पनि क्रान्तिका लागि भन्दा पनि पद, प्रतिष्ठा र पैसातर्फ बढी केन्द्रित भएको भन्दै गुनासो गरेका हुन्।

‘हामी बिग्रेका छौं, कमेरड सुरेश वाग्लेलगायत सहिद भएका बेलामा जस्तो क्रान्तिको निमित लड्ने, अहिले हामी त्यस्ता छैनौं। निस्वार्थ रूपमा क्रान्तिका निम्ति, सबभन्दा अप्ठेरो काम गर्न खोज्ने, हामी व्यक्तिगत पद, पैसा, स्वार्थ गुट बनाउने, आफूलाई व्यक्ति सुरक्षित राख्ने चिन्ताले हामी घेरिन थालेका छौं।

‘हामी पनि त्यस्तै हुन्छौं कि भनेर डर लागिरहेको छ। बिस्तारै हाम्रो पनि लोगो मात्रै बाँकी होला भन्ने डर छ,’ प्रचण्डले भने, ‘हामी पनि त्यस्तै हुने हो भने पार्टी किन चाहियो भन्ने प्रश्न उठेको छ। एमालेजस्तै हुने हो भने त यो पार्टीको अवाश्यकता के रहयो र! बरु यस्तो पार्टीलाई विघटन गर्दा राम्रो होला।’

प्रचण्डको भनाइ जस्ताको तस्तै

जसरी एमाले भन्ने पार्टी छ, विचार शून्य, त्यहाँ विचारबारे छलफल पनि छैन। पद पाउने कुरामा मात्रै केन्द्रित छ, अनि राष्ट्रिय, अन्तर्राष्ट्रियबाट .डलर भित्र्याउन जानेका छन्,

उनीहरूको आधार सूर्य भएपछि सिद्धियो एमाले। मदन भण्डारीविरुद्ध कसले त्यसो षडयन्त्र गर्यो? त्यो चिन्ता त्यहाँ हुँदैन, आफूलाई उत्तराधिकारी भन्नेहरु प्रधानमन्त्री, राष्ट्रपति छन्, तर मदन भण्डारीलाई के भएको हो? उनले ल्याएको विचारबारे चर्चा हुदैन। खालि हुन्छ, मदन भण्डारीको लोगो, उनलाई प्रयोग गरेर पद पाउने, ३ वर्षदेखि हामीले आँट हौं, बदल्न सकिन्छ कि भनेर, तर त्यही प्रवृत्ति रहिरह्यो। हुँदाहुँदा प्रतिक्रान्तितिर पो लाग्यो। राम–सीताको मूर्ति बोकेर हिँड्ने, जलहरी, त्यस्तोमा गयो, जबज भनेपछि भयो। के हो जबज, मदन भण्डारीको खोजी गर्नु उत्तराधिकारीको दिमागबाट डिलिट हुनु नै यसको कारण हो।

हामी पनि त्यस्तै हुन्छौं कि भनेर डर लागिरहेको छ। बिस्तारै हाम्रो पनि लोगो मात्रै बाँकी होला भन्ने डर छ। प्रतिक्रान्तिलाई नै सहयोग पुर्याउने ठाउँमा हामी पुग्ने हो कि, हामी पनि त्यस्तै हुने हो भने पार्टी किन चाहियो भन्ने प्रश्न उठेको छ। एमालेजस्तै हुने हो भने त यो पार्टीको अवाश्यकता के रहयो र बरु यस्तो पार्टीलाई विघटन गर्दा राम्रो होला।

भिडियाे 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily