+
Search

ताजा अपडेट +

पपुलर +

पृथ्वीसुब्बा गुरुङले माधव नेपालको पार्टीलाई ‘पिलो फुटेर बनेको पार्टी’ भनेपछि……

4KNationalDaily
२०७८ भाद्र २७, आईतवार १९:२२ बजे

तनहुँ- नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जानेलाई पिलोको संज्ञा दिएका छन् । तनहुँमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदैै गुरुङले पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने दाबी गरे ।

‘नवौँ महाधिवेशनपछि पार्टीमा पिलो बढेर गएको थियो । त्यो पिलोले यति दु:ख दियो, माओवादी केन्द्रसँगको एकतापछि पिलो हराउँछ कि भनेको झन् बढ्न थाल्यो । त्यो पिलो फुटेर गयो । अब स्वच्छ बन्छ होला नेकपा एमाले’, उनले भने ।

शरीरको पिलो फुटेर जाँदैमा चिन्ता लिनु नपर्ने उनको भनाइ छ । एकीकृत समाजवादीमा गएका स्थानीय तहका जनप्रतिनिधिलाई पिलोको पिप भएको गुरुङले टिप्पणी गरे ।

‘गण्डकीमा एक हजार ७६० मध्ये ३८ जना पिलोको पिप बगेर गएका छन्’, उनले भने । करकाप र झुक्याएर लगिएकाहरू फेरि पार्टीमा फर्किने उनको विश्वास छ ।

नेपाली जनताको इच्छा र आवश्यकता पूरा गर्न नभई माधव नेपालले कांग्रेस र माओवादीको इच्छा पूरा गर्न पार्टी फुटाएको उनको आरोप छ ।

‘केपी ओलीले पाँच-१० वर्ष शासन गरे अरू पार्टीको अस्तित्व समाप्त हुन सक्थ्यो । सबै पार्टीको आँखा लाग्यो र हाम्रो पार्टी फुटाए’, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङको आरोप छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एकीकृत समाजवादीमा गएका जनप्रतिनिधि मूलधारमा फर्किए पार्टीले स्वागत गर्ने बताए ।

पार्टी छाडेर एकीकृत समाजवादीमा सनाखत गरेका जनप्रतिनिधिलाई कुखुराको भालेको उपमा दिँदै गुरुङले भने, ‘कुखुराको भालेलाई जति सम्झाउनुहोस्, बुझ्दै बुझ्दैन, मान्दै मान्दैन, सम्झँदै सम्झँदैन भनेजस्तै हामीले ती जनप्रतिनिधिलाई सम्झाउने प्रयत्न गर्‍यौँ तर कहिल्यै सम्झनुभएन । त्यही कुखुराको भाले जस्तै भयो ! गएर सनाखत गरिदिनुभयो । जुन दिन फर्कनुहुन्छ, हाम्रो पार्टीले स्वागत गर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily