+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकाे सीडीयाेमा शंकरहरि आचार्य, यि हुन चुनाैति !

4KNationalDaily
२०७८ भाद्र ३०, बुधबार १९:०२ बजे

गाेरखा- गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयाे) काे काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट सीडीयाेको सरुवा गरेका हुन् ।

गोरखाका सीडीयो शालिग्राम शर्मा पौडेलको निर्वाचन आयोगमा सरूवा भएपछि उनको ठाँउमा प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशका प्रदेश सचिव शंकरहरि आचार्यले जिम्मेवारी पाएका हुन् । प्रदेश सचिव बनेको पाँच महिनामै आचार्यको गृह मन्त्रालय वा मातहतको कार्यलयमा सरुवा भएको हो ।

गोरखाको सीडीयोको जिम्मेवारी पाएका आचार्यको काँधमा चुनैतिका चाँङ छ । जस्तो कि, उत्तरी गोरखाका नुङईला नाका र रुइला नाकाबाट विभिन्न खालका तस्करी हुने गर्छ । त्यसमा पनि अबैध सुन ओसार-पोसार, विभिन्न प्रकारका बन्यजन्तुका छाला तथा जडिबुटि तस्करी रोक्नुपर्ने उनको मुख्य जिम्मेवारी रहने छ ।

अझ उनको कार्यकालमा स्थानीय तहकोसमेत निर्वाचन हुने सम्भावना कायम नै छ । स्थानीय तहको निर्वाचन हुन ६ महिना मात्र बाँकि रहेकाे समयमा उनकाे गाेरखा सरूवा भएकाे हाे । गोरखाका सीडीयो पौडेलकाे ६ महिनामा नै निर्वाचन आयाेगमा सरूवा भएको थियाे ।

सीडीयो पौडेलले स्थानीय तहको क्षेत्रअधिकार भएको भन्दै जिल्लामा सञ्चालित तिन वटा उघोग अवैध क्रसरलाइ कार्वाहि नगरी गोरखा छोड्न परेको थियो। उनले सीडीयोको क्षेत्रअधिकार भित्र क्रसर उघोग नपर्ने भन्दै कार्वाहि गर्नबाट पन्छिएका थिए ।

कतिपय स्थानीय जनप्रतिनिधिकै लगानी रहेको क्रसर नयाँ सीडीयो आएसंगै बन्द गर्ने या कार्वाही गर्लान् त्यो त उनको कार्यकालमा देख्न पाइन्छ। कतिपयले नयाँ सीडीयोले उत्तरी गाेरखा तथा गाेरखाका विभिन्न खाेलामा हुदैं आएकाे अवैध दाेहन राेक्न पहल गर्नुपर्ने तर सीडीयोले आफ्नाे क्षेत्रधिकार भित्र नपर्ने भन्दै पन्छिने सम्भावना समेत रहेकाे तर्क गर्ने गरेका छन् ।

गाेरखामा उनी ४५ औं सीडीयोको रूपमा जिल्ला आउन लागेका हुन् । २०७२ को भुकम्पपछि गोरखासहित १४ वटा जिल्लामा उपसचिव सीडीयो हुने व्यवस्था परिवर्तन गर्दै सह-सचिवको दरवन्दी कायम भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily