एजेन्सी– च्याम्पियन्स लिग फुटबलअन्तर्गत लिभरपुलले जित हात पारेको छ।बुधबार राति सम्पन्न खेलमा लिभरपुलले सिरी ए क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो।
लिभरपुलले फिकायो तोमोरीको आत्मघाती गोलबाट खेलमा अग्रता लिएको थियो। खेलको १४ औं मोहमद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो।
एन्टी रेबिक र ब्राहिम डियाजुले लगातार दुई गोल गर्दै मिलानलाई पहिलो हाफमा २–१ को स्थितिमा पुर्याएका थिए। पहिलो हाफमा पछि परेको लिभरपुल दोस्रो हाफमा खेलमा फर्किएको हो।
सलाहले गोल गर्दै ४९औं मिनेटमा खेल बराबरी गरेका थिए। जोर्डन हेन्डरसनले ६९ औं मिनेटमा लिभरपुलका लागि विजयी गोल गरेका थिए।
समूह बीको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। एट्लेटिकोले घरेलु मैदानमा पोर्चुगलको पोर्टोसँग बराबरी खेलेको हो।
समूहमा लिभरपुलले ३ अंक जोडेको छ। एट्लेटिको र पोर्टोको समान १ अंक छ। मिलान क्लब अंक विहिन हुँदै पुछारमा छ।
प्रतिक्रिया