काठमाडौं– असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । तर मन्त्रिपरिषद नै विस्तार गर्न सकेका छैनन् ।
सत्तारुढ गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवका कारण प्रधानमन्त्री देउवा चेपुवामा परेका छन् । न प्रभावकारी ढंगले सरकार चलाउन पाएका छन् न त चाहेर पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छन् । प्रचण्ड, माधव र उपेन्द्रको ढिलाईले अपजसमात्रै पाइरहेका छन् देउवाले ।
चेपुवामा पारेर ढिलाई गर्ने प्रचण्ड, माधव र उपेन्द्र । तर अपजस जति सबै सभापति देउवामाथिमात्रै परेपछि नेपाली कांग्रेसले नयाँ निष्कर्ष निकालेको छ । वामपन्थीहरुका कारण सभापतिको छवि पनि नकारात्मक बन्ने र यसले सिंगो पार्टी तथा देशलाई नै निर्णयको बन्दी बनाउने भन्दै कांग्रेसले छिटोभन्दा छिटो मध्यावधि चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ ।
कांग्रेसका अनौपचारिक छलफलमा देउवा समूह र पौडेल समूह दुबैतिर मध्यावधि चुनावको चर्चा भइरहेको छ । १४औ महाधिवेशन अघि नै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने कांग्रेसजनको मत बाक्लिएको छ ।
एकातिर एमालेले संसद अवरुद्ध गरेको र अर्कोतिर सत्ता गठबन्धनकै दलहरु मन्त्रालय र मन्त्री भागवण्डा, दल विभाजन अध्यादेशमा अल्झेर कुनै काम गर्न नदिएका बेला कांग्रेसमा मध्यावधि निर्वाचनको बहस सुरु भएको हो । अनिर्णयको बन्दी बनेर जति धेरै गठबन्धन सरकारमा बस्यो त्यति नै कांग्रेसको छवि खराब हुने नेताहरुको निष्कर्ष छ ।
पार्टीकै नेताहरुबाट निर्वाचनमा जाने सुझाव आएपछि प्रधानमन्त्री देउवा प्रतिनिधिसभा विघटनतिर परामर्शमा जुटेका छन् । देशलाई अनिर्णयको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानेतिर उनले गृहकार्य थालेको बालुवाटार निकट स्रोतले जानकारी दियो । य
सो भएमा एमाले अध्यक्ष केपी ओलीले दुइपटकमा नसकेको संसद विघटन देउवाले एकै झड्कामा पूरा गरिदिनेछ । यसबारे देउवाले आफ्ना प्रतिनिधि खटाएर ओलीसँग परामर्श पनि गरिसकेको बुझिएको छ ।
प्रतिक्रिया