+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस महाधिवेशन : महामन्त्रीमा लड्ने धनराज गुरूङको घोषणा

4KNationalDaily
२०७८ आश्विन २, शनिबार १०:१५ बजे

काठमाडाैं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने तयारी गरेका छन् ।

गुरुङले आफू महामन्त्री पदको तयारीमा व्यस्त रहेको र महामन्त्रीको स्वाभाविक उमेदवार हुने बताएका छन् ।

महामन्त्रीको उमेदवारबाट जस्तोसुकै परिस्थितिमा पनि आफू पछि नहट्ने गुरुङको दाबी छ । आफ्नो पद र उमेदवारीको विषयलाई लिएर शीर्ष नेताहरूसँग कुरा राखिसकेको उनको भनाई छ ।

‘सबै कुरा मिल्दै छ, नेताहरूसँग दिनहुँ छलफल भइरहेको छ,’ उनले भने, ‘महामन्त्रीबाट ब्याक हुने अवस्था आउँदैन ।’

१३औँ महाधिवेशनमा पौडल समूहबाट गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०५२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनेका गुरुङ ०७० मा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । अहिले संस्थापनइतर समूहबाट उमेदवार बन्ने उनको तयारी छ ।

गुरुङ महामन्त्रीको दाबी प्रस्तुत गर्ने चौथो युवानेता हुन् । यसअघि गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री लड्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily