+
Search

ताजा अपडेट +

पपुलर +

चम्किए सन्दीप र करण, नेपालले ओमानलाई १२१ रनमा समेट्यो

4KNationalDaily
२०७८ आश्विन ३, आईतवार १९:२९ बजे

काठमाडौं-  आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १२१ रन बनायो ।

ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।

कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले ९ रन बनाए । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

लिग- २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily