+
Search

ताजा अपडेट +

पपुलर +

आईपीएल : बेंग्लोरलाई जित्दै कोलकाता उक्लियो पाँचौं स्थानमा

4KNationalDaily
२०७८ आश्विन ५, मंगलवार ०९:०६ बजे

काठमाडाैं- कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९ विकेटले हराएको छ। बेंग्लोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।

कोलकाताको जितमा ओपनर सुभमन गिल ४८ रनमा क्याच आउट भए। उनले ३४ बलमा ६ चौका र १ छक्का हाने। अर्का ओपनर वेंकटेश ऐर ४१ रनमा नटआउट रहे। उनले २७ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि ओपनर गिल र ऐरले ८२ रनको साझेदारी गरेपछि कोलकताले सहजै जितेकाे हाे। जितसँगै कोलकता पाँचौ स्थानमा उक्लेको छ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बेंग्लोर १९ ओभरमा ९२ रन जोड्दा अलआउट भयो। बेंग्लोरका देवदत्त पाडिक्कलले सर्वाधिक २२ रन बनाए। बेंग्लोरका ७ खेलाडीले दोहोरो अंकको छुन सकेनन्।

कोलकाताले अब बिहीबार मुम्बई इन्डियन्ससँग खेल्नेछ। बेंग्लोरले शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ। आईपीएलमा आज मगंलबार पन्जाब किंग्स र राजस्थान रोयल्स खेल्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily