+
Search

ताजा अपडेट +

पपुलर +

दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए मन्त्री फिर्ता बोलाउने प्रचण्ड तयारी

4KNationalDaily
२०७८ आश्विन ११, सोमबार १३:१५ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए मन्त्री फिर्ता बाेलाउने चेतावनी दिएका छन् ।मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल गर्न बोलाइएको सत्ता गठबन्धन बैठकमा यस्ताे चेतावनी दिएका हुन् ।

सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

स्रोतका अनुसार आइतवारको गठबन्धनको बैठकमा प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएका थिए ।

यति लामो समयसम्म सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् । उनले आजै विहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि यसबारे छलफल गरेका छन् ।

माओवादीका मन्त्री छान्नलाई प्रचण्डले जिम्मा पाइसकेकाले कुनै समस्या नरहेको निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily