+
Search

ताजा अपडेट +

पपुलर +

विना अक्सिजन मनास्लु हिमालको चुचुरोमा पुगे सामागाउँका दुई युवा

4KNationalDaily
२०७८ आश्विन १२, मंगलवार १८:५९ बजे

गाेरखा- ‘किलर माउन्टेन’ भनिने मनास्लु हिमालमा कति बेला मौसम फेरिन्छ कसैले पूर्वानुमान लगाउन सक्दैनन् l घरि एकै क्षणमा हिम पैह्रो खस्छ, घरि एकै क्षणमा बाक्लो लगेर पर्वातारोहीहरुलाई अत्याउँछl यस्तो हुन्छ मनास्लु हिमालको मौसम र यहाँ आरोहण गर्न पर्वातारोहीहरुका निम्ति ठूलो चुनौती हुँदछl

तर, उत्तरी गोरखाकाे सामागाउँका दुई युवा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका छन् । चुमनुब्री गाउँपालिका-१, सामागाउँका मिङ्मार छिरिङ र डिकी ल्हामुले विना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

स्थानीयको हैसियतमा दुवै जनाले विना असिक्जन मनास्लु हिमालको आरोहण गरेका हुन् ।  ३७ बर्षका मिङ्मार सोही वडाको वडासदस्य हुन् । यस्तै, २१ बर्षकी डिकीले स्थानीय पोशाकमै मनास्लुको चुचुरोमा पुगेकी थिइन् ।

नुब्रीमा प्रचलित पोशाक(छुपा) लगाएर मनास्लुको शिखर टेकेकी आरोहणको व्यवस्था गरेको कम्पनी पायोनियर एड्भेञ्चर ट्रेक्सले जनाएको छ । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौमा अग्लो हिमालमा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily