काठमडाैं- गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् ।
गायिका अधिकारीले मंसिरमा बिहेको कुरा भैरहेको बताइन् । प्रविशा र निर्माणको भेट भने भएको छैन । अमेरिकामा रहँदै आएका निर्माणसँग प्रविशाको कुरा हुन थालेको ३ महिना भयो । निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले वुझेर निर्णय लिने जवाफ दिएकी थिइन् । यसपछि, उनी र निर्माणविच कुराकानी हुन थालेको हो ।
केही समय अगाडि सार्वजनिक भएको प्रविशाको स्वरमा समावेश ‘शब्द’ बोलको गीत शेयर गर्दै निर्माणले लेखेका छन्–‘साच्चिकै गज्जब ।’ नेपाली सेलिब्रिटीहरुले प्रेम र बिहेको कुरा लुकाएपनि प्रविशाले पनि यो बिषयलाई सार्वजनिक गरेकी छिन् । उनी, बिहे गरेर जीवनलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् ।
प्रविशाले नेपाली चलचित्रका दर्जनौ गीतमा स्वर दिएकी छिन् । केही समय अगाडि उनले ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि उनको चर्चा झनै चुलिएको थियो ।
प्रतिक्रिया