+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ ओलीले विधान महाधिवेशनमा पेश गरेको प्रतिवेदन [पूर्ण पाठ]

4KNationalDaily
२०७८ आश्विन १५, शुक्रबार १५:३० बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विधान महाधिवेशनमा ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।उक्त प्रतिवेदनमा ओलीले पार्टी विभाजनको दोष माधव नेपालमाथि थोपरेका छन्।

ओलीले पार्टी विभाजनका लागि मलजल गर्ने काम तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गरेको आरोप लगाएका छन्।

कांग्रेससहितका दलहरूसँग मिलेर सरकार बनाउने योजनासहित प्रचण्डले नेकपा फुटाउने अभियान चलाएको दाबी पनि प्रतिवेदनमा गरिएको छ।

भिडियाे

https://www.facebook.com/gorkhasandeshnp/videos/225393429616058

एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय अब एमालेमा शक्तिशाली निकाय बन्ने देखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ ।

एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ ।

यस्तो छ ओलीले विधान महाधिवेशनमा पेश गरेको प्रतिवेदन 

https://www.4knationaldaily.com/wp-content/uploads/kp-oli-pratibedan.pdf

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily