+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईको नजरमा एमाले विधान महाधिवेशन : ‘खड्गप्रसादको कुम्भमेला’

4KNationalDaily
२०७८ आश्विन १६, शनिबार १०:०७ बजे

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको विधान महाधिवेशनलाई कुम्भमेला भन्दै कटाक्ष गरेका छन्। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री रहेका भट्टराईले एमालेको विधान महाधिवेशनलाई ‘खड्गप्रसादको कुम्भमेला’ भनेका हुन्। उनले अहिले भइरहेको विधान महाधिवेशन निभ्ने बेलाको बत्ती भएको बताएका छन्।

भट्टराईले लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई भ्रममा पारे पनि देशले ठूलो मूल्य चुकाउनुपर्ने बताए। उनी लेख्छन्, ‘‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।”

विधान महाधिवेशन नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेल भएको भट्टराईले बताए। उनी लेख्छन्, ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्ततः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो। चेतना भया !’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily